पाल्पा पहिरोः मृतक पाँच जनाकै शव भेटियो

489
  •  
  •  
  •  

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा बिहीबार बिहान आएको पहिरोले घर पुरिँदा हराएका ५ जनाकै शव भेटिएको छ ।

६० वर्षीय हुमबहादुर गाहा, उनकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, १७ वर्षीया छोरी कृष्णमाया गाहा, नातिनीहरु १४ वर्षीया खुमिसरा आले र ८ वर्षीया लक्ष्मी गाहाको शव भेटिएको हो ।
पहिरोले घर पुरिदा परिवारका ५ जना बेपत्ता भएका थिए ।

बिहीबार नै पहिरोले घर पुरिँदा रम्भा गाउँपालिका वडा नम्बर २ की २७ वर्षीया गर्भवती मोतीसरा गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


  •  
  •  
  •