पाल्पा पहिरोमा बेपत्तामध्ये दुई जनाको शव फेला, अझै तीन जना बेपत्ता

116
  •  
  •  
  •  

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका २ को फोक्सिङकोटमा गएको पहिरोमा परी बेपत्ता ५ जनामध्ये शुक्रबार दुई महिलाको शव भेटिएको छ ।

१६ वर्षीया कृष्णामाया गाहा, १४ वर्षीया खुमिसरा आलेको शव फेला परेको प्रहरीले जनाएको छ । बिहीबार बिहान पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जना बेपत्ता भएका थिए ।

पहिरोमा ६३ वर्षीय हुम बहादुर गाहा, उनका श्रीमती ४७ वर्षीया धनी सरा, ७ वर्षीया नातिनी लक्ष्मी गाहा अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको छ ।
खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय लागिपरेका छन् ।

साेही पहिरोले २७ वर्षीया मोतीसरा गाहाको पनि ज्यान गएको थियो । गर्भवती रहेकी गाहाको शब बिहीबार नै भेटिएको थियो ।


  •  
  •  
  •