पाल्पामा पहिरोले चार सवारी साधन बगायो, दुई जनाको शव भेटियाे

307
  •  
  •  
  •  

पाल्पा । पाल्पामा पहिरोले चार सवारी साधन बगाएको छ । पाल्पाको रिडी–तानसेन सडक खण्डको सम्मोबारी नजिक पहिरोले चार वटा सवारी साधन बगाएको हो । घटनास्थलमा दुई पुरुषको शव भेटिएको र एक गम्भीर घाइतेको उद्धार गरी उपचारको लागि तानसेनको मिसन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


सदरमुकाम तानसेनदेखि सात किलोमिटर टाढा रिडी–तानसेन सडक खण्डको सम्मोबारीमा पहिरो खस्दा एउटा ट्याङ्कर, बोलेरो जीप, मिनी ट्रक र एउटा कार बगाएको हो । ती सवारी साधनमा कति मानिस सवार थिए भन्ने यकिन भइसकेको छैन ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित उद्धारकर्मीहरु खटिएका छन् ।


  •  
  •  
  •