पालिकाहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम गाउँ र नगर सभामा पेस गर्दै

244
  •  
  •  
  •  

काठमाडौं । पालिकाहरुले आज आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आआफ्ना गाउँ र नगर सभामा पेस गर्दैछन् ।


संघ र प्रदेश सरकारले जस्तै पालिकाले पनि असार १० भित्र आ–आफ्ना सभामा नीति, कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने व्यवस्था छ । केहि पालिकाले भने नीति, कार्यक्रम तथा बजेट सभामा प्रस्तुत समेत गरिसकेका छन् । आउँदो वर्ष खर्च गर्न सक्ने मात्र बजेट ल्याउने पालिकाको तयारी छ ।

पालिकाले आगामी आर्थिक वर्षको बजेटमा कोरोना संक्रमण जोखिमपछिको अवस्था, स्वास्थ्य, कृषि र रोजगारीलाई जोड दिएका छन् । संघ सरकारले बजेट सार्वजनिक गरेको २७ दिन र प्रदेश सरकारले बजेट ल्याएको १० दिनपछि पालिकाले बजेट प्रस्तुत गर्न लागेका हुन् ।


  •  
  •  
  •