संसद बैठक दिउँसो २ बजे

121
  •  
  •  
  •  

काठमाडौँ, १४ जेठ(ओएनएस) : व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आजको बैठकमा संसदमा पेश भएका विभिन्न विधेयकमा विषयमा छलफल हुनेछ ।

व्यवस्थापिका संसदमा बिहीबार विभिन्न चार वटा विधेयक छलफलका लागि पेश भएका छन् । संसद् मातहतको अर्थ समितिले २ वटा, सुशासन तथा अनुगमन समिति र महिला,बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिले एकएक वटा विधेयकमाथिका प्रतिवेदन हिजो पेश गरेको र आजबाट छलफलको प्रक्रिया सुरु हुने संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले ओएनएसलाई जानकारी दिए ।

संसदको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । त्यसअघि शुन्य समयमा सांसदहरुलाई बोल्ने समय दिइनेछ ।


  •  
  •  
  •