डेढ किलो सुनसहित पक्राउ

314
  •  
  •  
  •  

हेटौंडा, वैशाख(ओएनएस) : हेटौंडा उपमहानगरपालिका–१५ बाट डेढ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भोजपुर खडानन्द नगरपालिका–४ भोजपुर बस्ने २९ वर्षीय किशोर ल्वागुन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

विश्वकर्माको साथबाट प्रहरीले एक हजार ६ सय ४९ दशमलब ९६ ग्राम सुन बुधबार राति बरामद गरेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको बस जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याउँदै गरेको उक्त परिमाणको धातुसहित फेला पारी उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले पक्राउ परेका विश्वकर्माले यसअघि पनि अवैध सुनको कारोबार गरेको स्वीकारेको बताएका छन् ।


  •  
  •  
  •