एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने पक्राउ

402
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : काठमाडौंको तीनकुनेमा एनसीसी बैंकको एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् ।

बैंकको तीनकुने शाखा कार्यालयको एटीएम मेसिन फोडेर रकम चोरी गर्न लागेको अवस्थामा मंगलबार रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने १८ बर्षीय विशाल तामाङ पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको साथबाट एटीएम मेसिन फुटाउन प्रयोग गर्ने एउटा हतौंडा, फलामको छिनो र मार्तोल समेत बरामद गरेको छ ।


  •  
  •  
  •