बलात्कार गर्न खोज्ने पक्राउ

49
  •  
  •  
  •  

डोटी, २ फागुन(ओएनएस) : बालिका बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले डोटीबाट एकजना पक्राउ गरेको छ । जोरायल गाउँपालिका–४ घाडका ‘हिरे’ भनेर चिनिने ४८ वर्षीया खडकबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

फाइल तस्बिर

घरमा बालिका एक्लै भएको मौकामा गत सोमबार राति १० बजे १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्न खोजेको पीडित पक्षले इलाका प्रहरी कार्यालय जोरायलमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका मगर र पीडित बालिकालाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको छ । पीडित बालिकाको बयानका आधारमा घरमा एक्लै सुतिरहेको बेलामा मगरले बालिकामाथि बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामी जानकारी दिए ।


  •  
  •  
  •