काठमाडौं । काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट अवैध हुण्डी कारोबार गर्ने एक जना पक्राउ परेका छन्।
पक्राउ पर्ने धादिङ खनियाबास गाउँपालिका–३ का २५ वर्षीय बिर्ज तामाङ रहेका छन् ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले शंका लागेर तामाङमाथि खानतलासी गरेको थियो।
त्यसक्रममा उनीबाट प्रहरीले १३ लाख ५ हजार रकम फेला पारेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार उक्त नगद हुण्डी कारोबार गरी प्राप्त भएको खुलेको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।