स्रोत नखुलेको ४० लाख नगदसहित पक्राउ

74
  •  
  •  
  •  

काठमाडौं । स्रोत नखुलेको ४० लाखसहित नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका–२ का ब्यास गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर

बुटवलबाट आएको रात्रि बसका यात्रीका सरसामान निरीक्षण गर्ने क्रममा गुप्ताबाट उक्त रकम बुरामद गरिएको हो । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा शुक्रबार यात्रीका सामान जाँच्दा स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रारम्भ गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ ।


  •  
  •  
  •