आठ किलो सुनसहित दुईजना पक्राउ

483
  •  
  •  
  •  

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो सुनसहित दुईजना पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौं आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११ः४० बजे पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार नियमित जाँचका क्रममा सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैजनालाई महानगरीय प्रहरी वृत्त गौशाला राखिएको छ । पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •