विप्लवका दुई कार्यकर्ता पक्राउ

91
  •  
  •  
  •  

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । बिहीबार राति उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिकात्मक तस्बिर

नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको जनाइएको छ ।


  •  
  •  
  •