फरार प्रतिवादी पक्राउ

262
  •  
  •  
  •  

काठमाडौं । जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. १८ बस्ने सुमन खड्का रहेका छन् ।

उनलाई जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनको २०७१/०७/१० गतेको फैसलाले ४ वर्ष ५ महिना १ दिन कैद हुने ठहर गरेको थियो ।

तर उनी सजाय वेरुजु रही फरार रहेका थिए । उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको टोलीले काठमाडौं क्षेत्रपाटीबाट पक्राउ गरेको हो । खड्कालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआइवीले जनाएको छ ।

खड्काले विबाह गर्छु भनी ललाई फकाई घरायसी आर्थिक अवस्था कमजोर भएकी एक १५ वर्षीय बालिकालाई आर्थिक प्रलोभनमा पारी पटक–पटक बलात्कार गरेका थिए ।

खड्कालाई सफाई दिने गरी काठमाडौं जिल्ला अदालतको शुरु फैसलालाई उल्टी गर्दै उच्च अदालत पाटनलले उक्त फैसला गरेको थियो ।


  •  
  •  
  •