नक्कली नोटको कारोबार गर्ने दुई पक्राउ

101
  •  
  •  
  •  

पर्सा । प्रहरीले पर्साबाट नक्कली नोटको कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पर्सा बहुदरमाई नगरपालिका १२ का ३४ वर्षीय दिलीपकुमार साह र वीरगन्ज महानगरपिलका २ का ४८ वर्षीय जमिल अक्तरलाई नक्कली भारतीय नोटसहित पर्सा प्रहरीले पक्राउ गरेको हो ।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरूको साथबाट २ हजारको ९५ थान नक्कली नोट बरामद भएको छ ।

वीरगन्ज १६ इद्गाहा चोकमा विभिन्न सवारीसाधन र पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।


  •  
  •  
  •