अध्यागमनका अधिकृत पक्राउ

219
  •  
  •  
  •  

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत कमलप्रसाद पराजुलीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर

उनले श्रम स्वीकृति नलिई कतार, युएईलगायतका देशमा जाने विचौलिया समेतको मिलेमतोमा प्रस्थान अनुमति दिने र यसको अभिलेखसमेत नराखी डिपार्चर स्ट्याम्प लगाइदिने गरेको अख्तियारले जनाएको छ ।

यसबाट उनले आर्थिक लाभ पनि लिएको भन्ने अभियोगमा अख्तियारले उनलाई पक्राउ गरेको हो ।
उनको थप अनुसन्धान शुरु गरिएको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •