लागूऔषध सहित पक्राउ

275
  •  
  •  
  •  

काठमाडौं । कपिलवस्तु, मायादेवी गाउँपालिका –४ चाकरचौडाबाट बाणगंगा नगरपालिका– १ जितपुर बस्ने १८ वर्षीय कृष्ण खाणलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्यावलेट १ पिस र विनस्पास्मो १ सय १८ ट्यावलेटसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर

उक्त स्थानमा सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री खाणलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका–१० स्थित सडकबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिका–९ बस्ने १८ वर्षीय रोहित बुढा र कालिकोट शुभकामना गाउँपालिका–३ बस्ने २१ वर्षीय प्रकाश रोकायलाई लागूऔषध ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा जुत्तामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट चितवन भरतपुर महानगरपालिका–१० बस्ने १८ वर्षीय अनिस सिन्जाली मगरलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्यावलेट २१ पिस र नवलपरासी मध्यबिन्दु नगरपालिका–५ बस्ने २० वर्षीय बसन्त पुनलाई नाईट्रोभेट ट्यावलेट १९ पिस सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


  •  
  •  
  •