‘धर्ती माता’ भन्दै यातना दिने महिला पक्राउ

667
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं भद्रकालीस्थित मन्दिरमा एक हप्ताअघि आफूलाई ‘धर्ती माता’ भन्दै एक युवतीलाई यातना दिने महिला पक्राउ परेकी छन् ।

युवतीलाई यातना दिने विष्णु कुँवरलाई आज बिहान बालाजुबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ ।

एक हप्ताअघि सैनिक मुख्यालय नजिकै रहेको भद्रकाली मन्दिरमा एक युवतीलाई बोक्सीको आरोप लगाउँदै कुँवरले यातना दिएकी थिइन् ।
उनी बुटवलबाट काठमाडौं आएकी हुन् ।


  •  
  •  
  •