पेस्तोल र गोली सहित दुई पक्राउ

192
  •  
  •  
  •  

मोरङ । मोरङको बेलबारी नगरपालिका–४ बाट प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुन्दर हरैचा नगरपालिका–१२ बस्ने ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ बस्ने ३४ वर्षीय कन्सा माझी रहेका छन् ।

प्रतिकात्मक तस्बिर

उनीहरुको साथबाट प्रहरीले पेस्तोल २ थान, म्याग्जिन ४ थान र १४ राउण्ड गोली बरामद गरेको छ । आइतबार साँझ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले को.१७ प ४५८६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •