त्रिविका सहायक डिन घूससहित पक्राउ

251
  •  
  •  
  •  

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका सहायक डिन प्रा.डा. शम्भु प्रसाद पटेल घूससहित पक्राउ परेका छन् ।

पटेलले कलेजको सम्बन्धन नवीकरण गराईदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घूस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
विशेष सूचना एवं उजुरीको आधारमा आयोगको कार्यालय टंगालबाट खटिई गएको टोलीले डा. पटेललाई घूस रकमसहित किर्तिपुर ट्यङ्लाफांटस्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट नियन्त्रणमा लिएको हो ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


  •  
  •  
  •