सुनपसलमा चोरी गर्ने ७ जना पक्राउ

348
  •  
  •  
  •  

काठमाडौं, १२ जेठ(ओएनएस) : प्रहरीले सुनपसलमा चोरी गर्ने ७ जनालाई पक्राउ गरेको छ । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी चोरी गर्ने गिरोहलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने सबै भारत मोतिहारी घोडासहनी घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका –६ मनोहरा बस्दै आएको बताइएको छ ।

परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार पक्राउ पर्नेहरुमा वर्ष २७ को हस्लम अला, वर्ष २२ को सहजित खान, वर्ष १९ को लड्डुु कुमार, वर्ष १८ को जहकी कुमार, वर्ष ३८ को सहिनुला, धर्मेन्द्र पट्टेल र वर्ष २७ को फिरो अलाम रहेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित जेठ ७ गते राती १० बजेतिर गौतम कुमार विश्वकर्माले सञ्चालन गरेको ‘हाम्रो सुनचाँदी’ पसलको सटर फोर्दै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्वबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको एसएसपी सुवेदीले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले सुनजस्तो देखिने पहेलो धातु २२ लाल, चाँदी जस्तो देखिने सेतो धातुका गरगहना ५ केजीभन्दा बढी, सटर काट्न प्रयोग गर्ने कैची २ थान, सटर फोर्न प्रयोग गर्ने रड ३ थान र अन्य औजारहरु बरामद गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले दिउँसो पनि चोरी गर्ने र नेपालीहरुलाई आतंकित बनाउँदै आएको खुल्न आएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।


  •  
  •  
  •