२३ जुवाडे पक्राउ

96
  •  
  •  
  •  

काठमाडौं, ३१ वैशाख(ओएनएस) : प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट २३ जना जुवाडेलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट नगद १ लाख ८१ हजार ३५ रूपैयाँ र १० बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।

फाइल तस्बिर

महानगरीय प्रहरी प्रभाग गोगंबुले जुवातास खेलिरहेको अवस्थामा काठमाडौंको मित्रनगरबाट सुनसरी उपमहानगरपालिका–२३ घर भएका वर्ष ३४ को हरि लिम्बुले सञ्चालन गरेको हार्मोनियम गेष्ट हाउसबाट गेष्ट हाउस सञ्चालक हरि लिम्बुसहित ६ जना पुरुष र ३ जना महिला गरी ९ जनालाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट नगद ७१ हजार ५ सय ५५ रूपैयाँ र ४ बुक तास बरामद गरेको छ ।

यस्तै महानगरीय प्रहरी वृत स्वयम्भूले जुवातास खेलिरहेको अवस्थामा ८५ हजार ६ सय रूपैयाँ सहित ८ जनालाई पक्राउ गरेको छ ।

नागर्जुन नगरपालिका–२ गैरीगाँउमा सिंह बहादुर तामाङले सञ्चालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा खाजा घर सञ्चालक सिंह बहादुर तामाङ सहित ८ जना पक्राउ परेका हुन् ।

यसैगरी महानगरीय प्रहरी वृत बालाजुले जुवातास खेलिरहेको अवस्थामा २३ हजार ८ सय ८० रूपैयाँ सहित ६ जनालाई पक्राउ गरेको छ ।

बालाजु बसन्तनगरमा लमजुङ घर भएका वर्ष ५७ की देउ कुमारी गुरुङले सञ्चालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा खाजा घर सञ्चालक देउ कुमारी गुरुङसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ गरेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •