घूससहित समातिए अध्यक्ष र कोषाध्यक्ष

226
  •  
  •  
  •  

काठमाडौं, २९ वैशाख(ओएनएस) : बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित लामिडाँडा वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष ५ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् ।

फाइल तस्बिर

लिलामीमा कोटेशन दर्ता गरी सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५ लाख घूस लिएका समितिका अध्यक्ष टीकाराम कामी र कोषध्यक्ष दीपक खुनालाई घूस रकमसहित आइतबार रंगेहात पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले कामी र खुनालाई घूस रकमसहित पक्राउ गरिएको जनाएकाो छ ।

पक्राउ परेका दुवैलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •