भारतीय भूमिबाट दुई यवतीसहित एक युवक पक्राउ

307
  •  
  •  
  •  

कैलाली, १५ वैशाख(ओएनएस) : कञ्चनपुरको पुनर्वाससंगै जोडिएको भारतीय भूमिबाट दुई यवती र एक युवकलाई भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार युवतीलाई भारतीय सहरतर्फ लगिरहेको अवस्थामा पुनर्बास नगरपालिका ५ का भीमबहादुर बोहरालाई पक्राउ गरेको हो । उनीहरुलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

उनीसँगै से ६ प २९०३ नम्बरको मोटरसाइकलमा भारत लगिएका सर्लाहीको बागमती नगरपालिकाका दुई युवतीको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका सई गोपाल बोहराले भीमबहादुरले यवतीलाई भारतीय शहर सम्पुर्णानगर पुर्याएवापत प्रतिव्यक्ति एकहजार रुपैयाँ लिने गरेको बयानका क्रममा खुलेको बताएका छन् । बोहरा लामो समयदेखि यस्तै धन्दामा रहेको प्रहरीको भनाइ छ ।

युवती भारत लैजाने गिरोहमा सक्रिय मुख्य आरोपी भनिएका पुनर्वास ५ ‘ग’ गाउँका किशन भनेर चिनिने कृष्णबहादुर रोकाया भने फरार रहेको प्रहरीले जनाएको छ ।

युवतीहरुलाई वैदेशिक रोजगारीका लागि ओमान लैजाने भन्दै ल्याएको युवतीहरुले बताएका छन् । तर उनीहरूसँग विदेश जान आवश्यक कागजपत्र नरहेकाले उनीहरूलाई वेचविखनकै लागि ल्याइएको हुनसक्ने मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण समिति, पुनर्वासकी सदस्य सुकमाया तामाङले बताइन ।


  •  
  •  
  •