कार्यालय सहयोगी घुससहित पक्राउ

355
  •  
  •  
  •  

बुटवल, १२ वैशाख(ओएनएस) : मालपोत कार्यालय रूपन्देही भैरहवाका कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी २० हजार घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीलाई सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि उपलब्ध गराउने भन्दै उक्त रकम लिएको भेटिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको थप अनुसन्धान भइरहेको अख्तियार बुटवलले जनाएको छ ।


  •  
  •  
  •