सिमकार्डको दुरुपयोग गरि बिक्री वितरण गर्ने दुईजना पक्राउ

292
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख(ओएनएस) : दुरसञ्चार प्रणालीको उपकरण सिमकार्डको दुरुपयोग गरि बिक्री वितरण गर्ने दुईजना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले दोलखा वैतेश्वर घर भई काठमाडौं बालाजु बस्दै आएका ४६ वर्षीय दिलबहादुर खत्री र दोलखा वैतेश्वर नै घर भई बालाजु बस्दै आएका २० वर्षीय राजकुमार दाहाललाई पक्राउ गरेको हो ।

उनीहरुले ग्राहकको कुनै कागजपत्र नै नराखी सिमकार्ड वितरण गर्दै आएको पाइएको छ ।  विवरण नै नराखिएका सिमकार्डबाट अपराध बढ्नसक्ने र अपराधीलाई फाइदा पुग्नसक्ने अवस्था रहेको भन्दै उनीहरुलाई पक्राउ गरिएको महाशाखाका एसएसपी धिरजप्रताप सिहंले जानकारी दिएका छन् ।

उनीहरुलाई दुरसञ्चार ऐन,२०५३ अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइने महाशाखाले जनाएको छ ।


  •  
  •  
  •