पाकिस्तानमा बम विस्फोटमा १६ जनाको मृत्यु

57
  •  
  •  
  •  

एजेन्सी : पाकिस्तानको बलोचिस्तान राज्यको राजधानी क्वेटाको हजारगंजमा भएको बम विस्फोटमा १६ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार, यो धमाका शुक्रबार बिहान करिब ८ बजे हजारगञ्ज इलाकाको तरकारी बजारमा विस्फोट भएको हो ।

समाचार संस्था एपीपीका अनुसार विस्फोट बजार नजिकै रहेको प्रहरीको भ्यानलाई लक्षित गरेर गरिएको छ । विस्फोटपछि सुरक्षाबलले इलाकालाई चारैतर्फबाट घेरेको छ । बम डिस्पोजल टोलीलाई पनि घटनास्थलमा पठाइएको छ ।
बम विस्फोटमा घाइते भएकाहरुलाई अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार, हजारगञ्जमा हजारा सिया समुदायका मानिसहरुको बाहुल्यता रहेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार, विस्फोटमा परेर ज्यान गुमाउने र घाइते हुनेहरुमा अधिकांश उनीहरु नै रहेका छन् । पाकिस्तानमा हजारा सिया समुदायलाई निशाना बनाएर पटक–पटक आक्रमण हुँदै आएको छ ।


  •  
  •  
  •