आफ्नै छोरीलाई जिउँदै जलाएको आरोपमा बाबुआमा पक्राउ

138
  •  
  •  
  •  

डडेल्धुरा, २७ वैशाख(ओएनएस) : आफ्नै छोरीलाई जिउँदै जलाएको आरोपमा दार्चुलामा बाबुआमा पक्राउ परेका छन् ।

व्यास गाउँपालिका–५ चुकपानी बस्ने एक दम्पतीले आफ्नै छोरीलाई जिउँदै जलाएको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा २४ वर्षीय बुबा नवीन विष्ट र आमा शिला विष्टले रहेका छन् ।

उनीहरुले १० महिनाकी छोरी अनुस्का विष्टलाई जिउँदै जलाएको स्थानीयले बताएका छन् ।

विष्ट दम्पतीले बिहीबार राति १० बजे घरबाट दुई सय मिटर टाढा रहेको सुकेको खरको थुप्रोभित्र राखेर बाहिरबाट आगो लगाइ छोरीलाइ मारेको प्रहरीले जनाएको छ ।

छोरीको हत्या गरेर भाग्ने क्रममा स्थानीय व्याक्तिहरूले दुवैलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।


  •  
  •  
  •