ब्राउन सुगरसहित तीन जना पक्राउ

363
  •  
  •  
  •  

बर्दिया, २२ वैशाख(ओएनएस) : प्रहरीले १२ ग्राम लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सानोश्रीको टोलीले मधुवन नगरपालिका–४ का दिनेशकुमार बोहोरा, पुष्कर शाही र सुशील भारतीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई मधुवन नगरपालिका–५ मा रहेको श्रीकृष्ण सामुदायिक वन नजिकबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक मदनजीत महराले पक्राउ परेकाको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद गरेको बताए ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको निमित्त प्रमुख महराले जानकारी दिए ।


  •  
  •  
  •