विप्लव समुहका नेता पक्राउ

254
  •  
  •  
  •  

भीमदत्तनगर, १९ वैशाख(ओएनएस) : गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक संगठनका नेता पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा संलग्न अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेकप्रसाद लम्साल रहेका छन् ।
प्रहरीले लम्साललाई कञ्चनपुरको बेलारीस्थित हात्तीबजार क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ । साथै प्रहरीले पक्राउ गर्न खटिएका प्रहरीमाथि पनि अवरोध सिर्जना गरेको जनाएको छ ।


  •  
  •  
  •