चितुवाको छालासहित पाँच जना पक्राउ

344
  •  
  •  
  •  

भक्तपुर, १९ वैशाख(ओएनएस) : भक्तपुर सुर्यबिनायक चोकबाट प्रहरीले चितुवाको छालासहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर भिमफेदीका ४० वर्षीय आन्नद तामाङ, ओखलढुंगाका २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौताराका ३१ बर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोरका ३४ बर्षीय रत्न बहादुर माझी र सिन्धुलीकै विष्णु बहादुर माझी रहेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरले बुधबार उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट चितुवाको छाला जस्तो देखिने जंगली जनावरको छाला २ थान र भालुको पित्त जस्तो देखिने पदार्थ बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •