खैरो हेरोइनसहित पक्राउ

352
  •  
  •  
  •  

काठमाडौं, १७ वैशाख(ओएनएस) :प्रहरीले नागढुंगाबाट खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा जाँचका क्रममा ना ७ ख ५९७२ नं को यात्रुबाहक बसबाट लागूऔषधसहित कैलाली टीकापुरका २५ वर्षीय भरत भण्डारीलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार सिटमुनी कालो झोलामा १३.८८ ग्राम खैरो हेरोइन लुकाएर ल्याएको अवस्थामा भण्डारीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका भण्डारीलाई आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।


  •  
  •  
  •