न्युयोर्क विस्फोटका योजनाकार बङ्गाली युवा पक्राउ

355
  •  
  •  
  •  

न्युयोर्क, २६ मंसिर : न्युयोर्क सहरमा भएको विष्फोटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरीले एकजना बङ्गलादेशी नागरिक पक्राउ गरेको छ । ती २७ वर्षीय बङ्गाली युवालाई प्रहरीले सोमबार बिहान भएको विस्फोटमा संलग्न भएको भरपर्दो प्रमाणका आधारमा पक्राउ गरी सोधपुछ गरिरहेको छ ।

पक्राउ परेका अकायाद उल्लाह बिगतका केही वर्षदेखि अमेरिका बस्दै आएको प्रहरीले जनाएको छ । अमेरिकामा बिगतका केही बर्षयतादेखि ट्याक्सी चालकको रुपमा काम गरिरहेका उनले आफ्नो शरीरमा बम बाँधेर हिँडेको प्रमाण नै प्रहरीले भेटेको जनाएको छ ।

आफ्नो शरीरमा बाँधिएकोे पाइप बम उनले नै विष्फोट गराएको प्रहरीले अनुसन्धानकाक्रममा खुलेको जनाएको छ । सोही बम पड्किएको र त्यसबाट उनी घाइते भएका थिए । सोही बमका छर्रा लागेर नै अरु तीनजनालाई पनि चोटपटक लागेको जानकारी सो अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान भएको यस विस्फोटलाई आतङ्ककारी हमला भएको बताइएको छ । तर बम विस्फोटका कारण पनि बमको कम शक्तिका कारण मात्र थोरै क्षति भएको जनाइएको छ ।


  •  
  •  
  •