कागेश्वरी मनोहराबाट ११ जुवाडे पक्राउ

324
  •  
  •  
  •  

काठमाडौं, १५ वैशाख(ओएनएस) : महानगरीय प्रहरीले जुवातास खेल्ने ११ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले कागेश्वरी मनोहरा ६ तिवारीटोलबाट जुवाडेलाई पक्राउ गरेको हो ।

प्रेम तिवारीको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोकका ५४ वर्षीय रेन्जेन दोङको नेतृत्वमा पैसाको हारजित हुनेगरी जुवा खेल्ने तथा खेलाउने ११ जनालाई पक्राउ परेका वृतले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ३ बुक तास, १ लाख १६ हजार ८ सय १५ रुपैयाँ नगद बरामद गरेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।


  •  
  •  
  •