यातायात व्यवस्था कार्यालयका दुई विचौलिया घुससहित पक्राउ

131
  •  
  •  
  •  

वीरगञ्ज, १३ वैशाख(ओएनएस) : यातायात व्यवस्था कार्यालय वीरगञ्जका दुई विचौलिया ३१ हजार घुससहित पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं ९ रानीघाट बस्ने ३४ वर्षीय रोशनकुमार रौनियार र बाराको करैयामाई गाउँपालिका वडा नं ७ उमजन बस्ने २८ वर्षीय सुनील यादव पक्राउ परेका हुन् ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने भन्दै सेवाग्राहीसँग ३१ हजार रुपैयाँ घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यातायात व्यवस्था कार्यालय अगाडि वीरगञ्ज महानगरपालिका १३ स्थित शिखर इन्स्योरेन्सको तेस्रो पक्ष बीमा कलेक्सन काउन्टरबाट पक्राउ परेका उनीहरुको साथबाट अख्तियारको टोलीले उक्त रकम र केही कागजपत्र समेत बरामद गरेको छ ।


  •  
  •  
  •