लागू औषधसहित पक्राउ

143
  •  
  •  
  •  

काठमाडौं, १३ वैशाख(ओएनएस) : तीनकुनेबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरले लागूऔषधसहित नविन खत्रीलाई पक्राउ गरेको हो ।

प्रहरीले बिहीबार राती रामेछाप घरभई शान्तिनगर बस्ने वर्ष २० को खत्रीलाई तीनकुने बागमति पुलबाट पक्राउ गरेको वृत्तका प्रमुख डीएसपी गोविन्द राज काफ्लेले जानकारी दिए ।

खत्रीलाई शंकालागि चेकजाँच गर्दा निजको साथबाट लागुऔषध नाईट्राभेट ६५ ट्याब्लेट, पोल्याण्ड जस्तो देखिने लागुऔषध ७ ग्राम बरामद गरेको छ । खत्रीमाथि अनुसन्धान थप भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •