हतियारसहित पोल्याण्डका नागरिक पक्राउ

311
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख(ओएनएस) : कतार एयरको उडानद्वारा काठमाडौं आएका पोल्याण्डका नागरिक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियारसहित पक्राउ परेका छन् ।

उनले ल्याएको ह्याण्ड ब्यागमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा मेड इन चाइना लेखेको बन्दुकजस्तो देखिने कालो रंगको एउटा हतियार र १७७ क्यालिबरको गोलीको ३ प्याकेट फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।

विमानस्थल भन्सार कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाएको थियो ।
पक्राउ परेका पोल्याण्डका नागरिकलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको जनाइएको छ ।


  •  
  •  
  •