७ किलो सुनसहित एक जना पक्राउ

341
  •  
  •  
  •  

काठमाडौं, १० वैशाख(ओएनएस) : रसुवाको टिमुरेबाट प्रहरीले ७ किलोसुनसहित एक जनालाई पक्राउ गरेको छ ।
चीनको केरुङ नाकाबाट काठमाडौंतर्फ आउँदै गरेको लोडेड कन्टेनर ट्रकमा ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको हो ।

फाइल तस्बिर

ना ६ ख ९०६८ नम्बरको ट्रकमा लुकाईछिपाई सुन ल्याएको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा ७ किलो सुन फेला परेको हो ।
प्रहरीका अनुसार सुनसहित ट्रक चालक नवकुण्ड गाउँपालिका–१ यार्सा घर भएका शेर ग्याल्पो घलेलाई पक्राउ गरेको हो ।
टिमुरेस्थित भन्सार कार्यालय जाँचपास गरी क्रस भएको ट्रक शंका लागि प्रहरीले पुनः चेकजाँच गर्दा ७ किलो सुन फेला परेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •