नायव सुब्बा घूससहित पक्राउ

300
  •  
  •  
  •  

काठमाडौं, १० वैशाख(ओएनएस) : काठमाडौं लैनचौरस्थित कितावखानामा कार्यरत कम्प्युटर अप्रेटर (नायव सुब्बा) सुरज के.सी.घूससहित पक्राउ परेका छन् ।

निवृत्तिभरणको अधिकार पत्र बनाउने प्रयोजनको लागि सेवाग्राहीसँग घूस रकम मागि रहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घूस मागेको उजुरीको आधारमा कम्प्युटर अपे्रटर (नायव सुब्बा) के.सी.लाई दश हजार रुपैयाँ घुसबापतको रकम लिदै गर्दा पक्राउ गरिएको अख्तियार जनाएकाे  छ ।


  •  
  •  
  •