डकैती घटनामा संलग्न ३ जना पक्राउ

267
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख(ओएनएस) : काठमाडौं रानीबारीमा २०७५ चैत २६ गते भएको डकैती घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फाइल तस्बिर

पक्राउ पर्नेमा चन्द्रागिरिका नवराज तामाङ, विक्रम श्रेष्ठ र नुवाकोटका दिपेश भनिने सन्तबहादुर तामाङ रहेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको अनुसन्धान थालेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

पक्राउ परेका ३ जनाले रानीबारीमा लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी र घरको रेखदेख गर्ने मिठु थकालीसहित ३ जनालाई हातखुट्टा बाँधेर लुटपाट गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट सुनको तिलहरी, बा २ ज ३०६१ नम्बरको ट्याक्सी र बा ३ च ७१६४ नम्बरको जीप पनि बरामद गरेको छ ।


  •  
  •  
  •