बालिका बलात्कारको आरोपमा पक्राउ

470
  •  
  •  
  •  

गुल्मी, ५ वैशाख(ओएनएस) : गुल्मीमा १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।


छत्रकोट गाउँपालिका निवासी १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतका अनुसार मामाघर गएर आमासँगै घर फर्कँदै गरेकी बालिकालाई मोटरसाइकलमा आएका मियाँले बालिकालाई घर पुर्याइदिन्छु भन्दै लिएर गएर बलात्कार गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार बालिकालाई ५ सय रुपैयाँ दिएर कसैलाई नभन्नु भनी मियाँ फरार भएका थिए । मियालाई जिल्ला प्रहरी कार्यालय गुल्मी र अर्घाखाँचीको अर्घातोष प्रहरी चौकीको संयुक्त प्रहरीे टोलीले घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
बालिका बलात्कार गर्ने मियाँलाई जबरजस्ती करणी अभियोगमा मुद्दा चलाइने प्रहरी उपरीक्षक बस्नेतले बताएका छन् ।


  •  
  •  
  •