सरकारी कीर्ते गरेको आरोपमा पूर्वसांसद र केन्द्रीय सदस्य पक्राउ

533
  •  
  •  
  •  

राजविराज, ५ वैशाख(ओएनएस) : सरकारी छाप कीर्ते गरेको आरोपमा पूर्व सांसदसहित अर्का एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पूर्वसांसद र राजपाका केन्द्रीय सदस्य बिपी यादव र केन्द्रीय सदस्य नै रहेका हरिनारायण मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

यादव पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम नेपालबाट समानुपातिक सभासद् थिए । उनी रातो पासपोर्ट काण्डमा समेत मुछिएका थिए ।

यादव र मण्डलसहितको संलग्नतमा अग्निसाइर कृष्णसवरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्बर वडाध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरीको छाप कीर्ते गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी राजेन्द्र विष्टले बताए ।
प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको रकम निकाल्न कीर्ते उपभोक्ता समिति गठन गर्न छाप कीर्ते गरिएको जनाइएको छ ।


  •  
  •  
  •