५० किलो गाँजासहित २ जना पक्राउ

324
  •  
  •  
  •  

काठमाडौं, ४ वैशाख(ओएनएस) : लाजिम्पाटबाट ५० किलो गाँजासहित २ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गको विशेष टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुलीका कुमार घिसिङ र पदम श्रेष्ठ रहेका छन् । उनीहरुलाई आज परिसरले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

लाजिम्पाट क्षेत्रमा गाँजाको व्यापार हुन्छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले यसअघि पनि उक्त क्षेत्रको विभिन्न ठाउँमा छापा मार्दै आएको थियो ।


  •  
  •  
  •