विकिलिक्सका संस्थापक पक्राउ

307
  •  
  •  
  •  

एजेन्सी । विकिलिक्सका संस्थापक जुलिएन असान्ज लन्डनमा पक्राउ परेका छन् । लन्डनस्थित इक्वेडरको दूतावासबाट उनलाई पक्राउ गरिएको हो । असान्ज सन् २०१२ देखि इक्वेडरको दूतावासमा शरण लिइरहेका थिए ।


बेलायती अदालतले आत्मसमर्पण गर्न दिएको आदेश उनले अस्वीकार गरेकाले उनलाई पक्राउ गरिएको बेलायत सरकारले जनाएको छ ।

गत मार्चदेखि इक्वेडर सरकारले असान्जमाथि बाह्य सम्पर्कका लागि इन्टरनेट वा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

सन् २०१२ मा एकजना बेलायती न्यायाधीशले स्वीडेन सुपुर्दगी गर्न आदेश दिएलगत्तै उनले इक्वेडरको दूतावासमा शरण लिएका थिए । उनीमाथि स्वीडेनमा यौनशोषणको आरोप लागेको छ । असान्जले आरोप राजनीतिक प्रेरित रहेको बताउँदै आएका छन् ।

सन् २०१० मा गोप्य अमेरिकी सैनिक दस्तावेज र कूटनीतिक सन्चारको प्रकाशन गरेका कारण आफूलाई स्वीडेनले अमेरिका सुपुर्दगी गर्ने असान्जेको आशंका थियो ।


  •  
  •  
  •