विप्लवका नगरका इन्चार्ज पक्राउ

229
  •  
  •  
  •  

कञ्चनपुर, २६ चैत(ओएनएस) : विप्लव समूहका एक कार्यकर्ता कञ्चनपुरमा पक्राउ परेका छन् ।
प्रहरीले नेकपा विप्लव निकट भीमदत्त नगरका इन्चार्ज रधुबिर जोशीलाई सोमबार साँझ पक्राउ गरेको हो ।

विप्लव भीमदत्त नगरका इन्चार्ज जोशीलाई भीमदत्त नगरपालिका ९ बाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याइएको छ ।

अनुसन्धानका लागि विप्लवका कार्यकर्ता जोशीलाई नियन्त्रणमा लिएको कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर विष्टले जानकारी दिएका छन् । प्रवक्ता विष्टका अनुसार उनीमाथि अनुसन्धान भइरहेको छ ।


  •  
  •  
  •