४० हजार घूससहित मालपोतका नासु पक्राउ

803
  •  
  •  
  •  

जनकपुर, २५ चैत(ओएनएस) : सप्तरीको राजविराजस्थित भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरीको टोलीले सोमबार सेवाग्राहीसँग घूस लिदै गर्दा नासु बासुदेव मण्डललाई रंंगेहात पक्राउ गरेको हो ।

सोमबार बिहान एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ४० हजार रुपैयाँ घूस लिदालिदै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान र आवश्यक कारवाहीका लागि सोमबारै क्षेत्रीय कार्यालय इटहरी लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी नासु मण्डल २ दिनपछि ५८ वर्षे सेवा अवधी पुरागरि सेवानिवृत्त हुन लागेका थिए ।


  •  
  •  
  •