कर्मचारीसहित दुई विचौलीया पक्राउ

373
  •  
  •  
  •  

जनकपुर, २५ चैत(ओएनएस) : श्रम तथा रोजगार कार्यालय जनकपुरबाट प्रहरीले विचौलीयासँग सेटिङ मिलाएर घुस लिई काम गर्ने एक कर्मचारी सहित दुई विचौलीयालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कार्यालयका कर्मचारी कम्प्युटर अपरेटर सरोज यादव, विचौलीयाहरु धनुषा कमला नगरपालिका ३ बस्ने राम भगत यादव र जनकपुर उपमहानगर १६ पुलचोकका अजय कुमार साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको सादाव पोशाकका प्रहरीले सेवाग्राहीसँग १३÷१३ हजार रुपैँया घुस लिइ काम गराइरहेका दुबै बिचौलीयालाई कार्यालय परिसरबाटै पक्राउ गरिएको थियो ।

पक्राउ परेका बिचौलीयालाई सोधपुछ गर्ने क्रममा उनीहरुले कम्प्युटर अपरेटर यादवलाई रकम दिएर काम गराउँदै आएको खुलासा भएको धनुषाका सहायक जिल्ला अधिकारी बेदप्रसाद अर्याललले जानकारी दिएका छन् ।
पक्राउ परेका उनीहरुको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


  •  
  •  
  •