भाइको नाममा परीक्षा दिने पक्राउ

340
  •  
  •  
  •  

सिराहा, २४ चैत(ओएनएस) : सिराहाको मिर्चैया नगरपालिका– ५ स्थित मोहोन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसईई परीक्षा दिइरहेको अवस्थामा एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा १९ वर्षीय अमनकुमार गोईत रहेका छन् । उनलाई आइतबार बिहान पक्राउ गरिएको हो ।
गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका कल्याणपुर नगरपालिका–५ बस्ने १७ वर्षीय आफ्नै भाइ पिकंकुमार गोहितको नाममा परीक्षा दिइरहेको अवस्थामा अमनकुमारलाई जिल्ला शिक्षा कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले फेला पारेको थियो । उनलाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •