६ किलो सुनसहित ४ भारतीय पक्राउ

488
  •  
  •  
  •  

काठमाडौं, २१ चैत(ओएनएस) : प्रहरीले करिब ६ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

थाईल्यान्डबाट काठमाडौं आएका उनीहरुलाई शंका लागी चेकजाँच गर्दा सुन फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिता छन् ।

उनीहरुको साथबाट भेटिएको धातुमध्ये ४ सय ९७ ग्राम सुन भएको पुष्टि भइसकेको प्रहरीले बताएको छ ।


  •  
  •  
  •