वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा पक्राउ

403
  •  
  •  
  •  

काठमाडौं, चैत(ओएनएस) : भिजिट भिषामा वैदेशिक रोजगारमा पठाएर ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका वडा नं. ९ स्थायी घर भई हाल काठमाडौं २६ सामाखुसी बस्ने ३४ वर्षीया विमला थापा रहेकी छन् ।

काठमाडौंको पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेण्ट मेनपावर कम्पनीमा कार्यरत थापाले वर्किङ भिषामा विदेश पठाउने भन्दै झुक्याएर प्रतिव्यक्ती २ लाख ४० हजार सम्म रकम लिई भिजिट भिषामा पठाउन लागेको आरोप लागेको छ ।
महाशाखाबाट खटिएको टोलीले थापालाई गएको सोमबार काठमाडौं गौशालाबाट पक्राउ गरेको हो ।

उनी विरुद्ध धनुषा मिथिला बिहारी न.पा. २ बस्ने मोहम्मद गुलाम राईन र सबिर राईनले आफुहरुलाई वैदेशिक रोजगारीको लागि वर्किङ भिषामा दुबई पठाई दिने भन्दै ४ लाख ४० हजार रुपैयाँ लिएको भन्दै उजुरी गरेका थिए ।
यहि चैत ११ गते दुबई जानको लागि अन्तर्राष्ट्रिय बिमानस्थलमा डाकी नेपाल बायु सेवाको उडान नं. च्ब् द्दद्दढ द्वारा दुबई पठाउन लागेको अबस्थामा अध्यागमन बिभागले उनीहरुलाई फिर्ता गरेको थियो ।

पक्राउ परेकी थापालाई ठगी सम्बन्धी कसूरमा प्रहरीले आवश्यक कारबाहीको लागि मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।


  •  
  •  
  •