लागूऔषध चरेस र गाँजाको धुलो बरामद

706
  •  
  •  
  •  

काठमाडौं, १५ चैत(ओएनएस) : धादिङको गजुरी गाउँपालिका–७ पेटारस्थित ‘तीर्थ’ भन्ने सुकमान तामाङको घरबाट प्रहरीले लागूऔषध चरेस र गाँजाको धुलो बरामद गरेको छ ।

बिहिबार चरेस तयार गर्ने कारखानामा छापा हानेर १ सय १० किलो चरेस र ५ सय ३२ किलो चरेस बनाउन तयार पारिएको गाँजाको धुलोसहित एक जनालाई नियन्त्रणमा लिइएको हो ।

लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख (डीआईजी) दिनेश अमात्यका अनुसार पक्राउ पर्नेमा ‘तीर्थ’ भन्ने सुकमान तामाङको श्रीमती बर्ष ४५ की सुकुमाया तामाङ रहेकी छिन् । गजुरी–७ स्थित पेटारमा सुकमान दम्पतीले आफ्नो घर र भैंसी बाँध्न प्रयोग हुने गोठमा चरेस उत्पादन गर्ने कारखाना नै सञ्चालन गरेको पाइएको छ ।


  •  
  •  
  •